प्रियंका चोपडासँग उनकी आमा रिसाउनुको कारण यस्तो रहेछ

२०७५ माघ १८ शुक्रबार १३:०५:०० मा प्रकाशित

एजेन्सी । बलिउड नायिका प्रियंका चोपडाले हालसालै उमेरमा आफुभन्दा निकै कान्छा युवा गायक निक जोनससँग विवाह बन्धनमा बाँधिइन् ।

विवाहको रमझम सकेर अहिले काममा पुनः व्यस्त बनेकी प्रियंकाको नयाँ फिल्म ‘इजन्ट इट रोमान्टिक’ नामक फिल्म आउने क्रममा छ ।

सोही फिल्मको प्रमोशनका लागि उनि हालसालै चर्चित टक शो ‘द एलन डीजेनर्स’ मा गएकि थिइन् । उनले उक्त शो मा विवाहको प्रसंग आउँदा आफ्नी आमा मधु चोपडा विवाहको क्रममा खुशी नभएकी खुलाशा गरेकि छिन् ।

धुमधामसँग गरिएको उक्त विवाहमा प्रियंकाको आमा रिसाउनु मुल कारण उनले आफुले चाहेजति आफन्तलाई विवाह बोलाउन नपाएको उनले उक्त शो मा बताएकी छिन् ।

प्रियंकाले आफ्नो विवाह व्यक्तिगत रुपमा सिमित राख्न चाहेकोले जम्मा २ सय जना मात्र बोलाएकी थिइन् । तर उनकी आमा धेरै मानिस बोलाउन चाहन्थिन् । उनको इच्छा विपरित थोरै मान्छेमात्र बोलाएकोले उनले आफ्नो हेयरड्रेसर र ज्वेलर्सलाई बोलाएकी छैन भन्दै प्रियंकालाई घोचपेच पनि गरेको उनले हाँस्दै सुनाइन् ।

उनले व्यक्तिगत राख्न खोजेको बिहेको केहि तस्विर मात्र बाहिरिदा पनि यो विवाह खुब चर्चित बनेको थियो ।

 

 

ताजा खबर