वजन घटाउँदै आमिर खान, पाँच महिनामा १५ किलो घटाउने योजना

२०७५ माघ १७ बिहीबार १३:०२:०० मा प्रकाशित


एजेन्सी । बलिउड स्टार आमिर खानले वजन घटाउने भएका छन् । उनको आउँदो फिल्म महाभारत र फरेस्ट गम्पको भारतीय रिमेक भर्सनको लागि उनले पाँच महिनामा १५ किलो वजन घटाउने तयारी गरेको बताइएको छ ।

उनको दुबै फिल्म यो वर्ष भने आउनेछैन । अर्को वर्ष आउने यि फिल्महरुको लागि आमिरले फेब्रुअरी देखि वजन घटाउन सुरु गर्ने तयारी गरेको भारतीय पोर्टलहरुले दाबी गरेका छन् । आमिरले काम नगरेको अहिले आफ्नो वजन ८५ किलो भएको बताएका छन् ।

आमिरको पछिल्लो फिल्म ठग्स अफ हिन्दोस्तान फ्लप भएपछि उनि तनावमा आएका थिए । त्यसअघि लगातार हिट फिल्महरु दिएका आमिरलाई उक्त फिल्मको असफलताले ठुलो झट्ेका लागेको थियो ।

 

ताजा खबर