राहत फतेह अली खानलाई विदेशी मुद्रा अपचलनको आरोप

२०७५ माघ १७ बिहीबार १२:४८:०० मा प्रकाशित


एजेन्सी । पाकिस्तानी गायक राहत फतेह अली खानलाई विदेशी मुद्रा अपचलनको आरोप लागेको छ ।

भारतको प्रवर्तन निर्देशनालय (ईडी) का अनुसार सन् २०११ मा दिल्ली एयरपोर्टमा राहतको साथमा २ लाख २५ हजार अमेरिकी डलर भेटिएको थियो । उनिसँग त्यसबखत डलर सम्बन्धी कुनै कागजात भेटिएको थिएन ।

ईडीले भारतको वैदेशिक मुद्रा व्यवस्थापन अन्तर्गतको कानूनमा आधारित रहि राहतलाई पत्र पठाएको बताइएको छ ।

राहत यस घटनामा दोषी पाइएमा भारतीय कानून अनुसार उनलाई उक्त मुद्रा ३ गुणा अर्थात् ६ लाख ७५ हजार डलर जरिवाना लाग्नेछ । उनले जरिवाना तिर्न अस्वीकार गरेमा उनि विरुद्ध लुकआउट नोटिस जारी हुने बताइएको छ ।

पाकिस्तानी गायक भएपनि राहतले बलिउडमा थुप्रै सुपरहिट गितहरु गाइसकेका छन् । उनलाई भारतमा मन मराउने श्रोताको संख्या ठुलो मात्रामा रहेको छ ।

 

ताजा खबर