४३ वर्षमा आमा बनिन् एकता कपूर

२०७५ माघ १७ बिहीबार १२:२३:०० मा प्रकाशित


एजेन्सी । टेलिभिजनको सिरिलय निर्माणमा एकछत्र राज गरेकी निर्माता एकता कपूर ४३ वर्षको उमेरमा आमा बनेकी छिन्  ।

तर उनले उक्त बच्चा आफैंले जन्म दिएकी भने होइन । उनले सरोगेसी मार्फत् गत जनवरी २७ मा छोरा जन्माएकी हुन् । अरुनै व्यक्तिको गर्भ प्रयोग गरेर जन्मेको बच्चा अहिले स्वस्थ रहेको बताइएको छ ।

यसअघि एकताका भाइ तुषार कपूरले पनि ३९ वर्षको उमेरमा सरोगेसी मार्फत् छोराको बाउ बनेक थिए । सन् २०१६ मा उनले जन्माएका छोरोको नाम उनले लक्ष्य राखेका छन् ।
यि दुबै दिदी भाइ नै बिहे नगरेकाले एकल अभिभावक बनेका छन् ।

उनले इन्स्टाग्राममा बच्चा भएको जानकारी दिएसँगै अन्य सेलिबे्रटीहरुले उनलाई बधाई दिएका छन् ।

एकता र तुषार बलिउडका पूर्व स्टार जितेन्द्र र शोभा कपूरका सन्तान हुन् ।

 

ताजा खबर