मोदीसँग किन माफी मागे कपिलले ?

२०७५ माघ १६ बुधबार १३:१८:०० मा प्रकाशित

एजेन्सी । कमेडियन कपिल शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग माफी मागेका छन् ।

द कपिल शर्मा शो को हालसालैको श्रृंखलामा कपिलले यसअघि बहकिएर लेखिएको ट्वीटको लागि भारतीय प्रधानमन्धीसँग माफी मागेका हुन् ।

सन् २०१६ मा कपिलले ट्वीटमा भनेका थिए, ‘पछिल्लो ५ वर्षमा १५ करोड ट्याक्स तिरिसकें । अहिले अफिस बनाउन लाग्दा बीएमसीलाई ५ लाख घुस दिनु प¥यो । नरेन्द्र मोदी.....यहि हो तपाईंले ल्याउने भनेको राम्रो दिन ?’ ।

लामो समयको अन्तरालपछि आफ्नो शो लिएर फर्केका कपिलले मौका जुराइ स्क्रीप्टमा लेखेर नै यसरी माफी मागेको बताइएको छ ।

बलिउड फिल्म एक लडकी को देखा तो ऐसा लगा नामक फिल्मको प्रबद्र्धन गर्न आएका राजकुमार रावसँग उनले यसरी माफी माग्ने चाँजो मिलाउन शो हुनुभन्दा अघिनै अभ्यास गरेको खुलासा भएको छ ।

दुईवर्ष अगाडिको गल्तीको माफी नियोजित रुपमा मागेका कपिल र उनको टोलीले यसो गर्दा मोदीले राम्रो मान्ने अड्कल गरेको बताइएको छ ।

आगामी केहि दिनमा आफ्नो विवाहको तेश्रो पार्टी गर्न लागेका कपिलले मोदी लगायत भारतका उच्च पदस्थ कर्मचारीहरुलाई निम्तो दिने र उनिहरुलाई उक्त पार्टीमा समावेश गराउन कपिलले यस्तो कदम चालेको थाहा भएको छ ।

ताजा खबर