नयाँ  फिल्मका लागि एक नायिकाको खोजी

२०७४ श्रावण २५ बुधबार १६:४०:०० मा प्रकाशित

काठमाडौं, २५ असार । विश्वदीप घिमिरेको निर्देशनमा फिल्म ‘द कर्मा’ बन्ने भएको छ । फिल्मको थिम पोस्टर बुधबार सार्वजनिक भएको छ । फिल्ममा दिपक आनन्दको मुख्य भूमिका रहनेछ ।

बलिउड तथा दक्षिण भारतीय चलचित्रमा सक्रिय रुपमा काम गरिरहेका दिपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’ ‘ह्यांग टिल डेथ’ लगायतका टलीउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गरेका छन् । फिल्मले नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित कथा बोकेको निर्देशक विश्वदीप घिमिरे बताए ।

चलचित्रका लागि एक नायिकाका खोजी भैरहेको छ ।  क्षितिजा शाक्य अनुवन्धित भैसकेकी छिन् । चलचित्रको मुहुर्तमा यसका मुख्य कलाकार नेपाल आउनेछन् । जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको एक्सनप्रधान चलचित्रको छायांकन नेपाल र भारतको सिक्किममा हुनेछ । जय राज रायको कथा रहेको यो चलचित्रको छायांकन रामेश्वर कार्कीले गर्नेछन् । जय राज राय र निशा खतिवडाको लगानी रहने चलचित्रलाई यसै बर्ष प्रदर्शन गर्ने तयारी गरिएको छ ।

ताजा खबर