बलिउड अभिनेत्री राखी सावन्त विराटनगरमा

२०७५ माघ १६ बुधबार ०९:५९:०० मा प्रकाशित

विराटनगर,१६ माघ । बलिउडकी चर्चित नायिका राखी सावन्त विराटनगर आएकी छन् । नयाँ दिल्लीबाट पश्चिम बंगालको बागडोग्रा विमानस्थल हुँदै उनी मंगलबार साँझ विराटनगर आईपुगेकी हुन् । अन्य कलाकारसँगै राखीले आज विराटनगरमा आफ्नो प्रस्तुति दिने कार्यक्रम छ । विभिन्न चर्चामा आईरहने नायिका सावन्तले हट आइटम डान्स गरेर विराटनगरबासीलाई मनोरञ्जन दिनेछिन् ।

सावन्तले फरर्फमेन्स दिने गोपाल फन पार्कमा बुलेट इन्टरनेशनल म्युजिक फेस्टिभल २०१९ का संयोजक सलिम अन्सारीले जानकारी दिए । गोपाल फनपार्कमा ८ लाख रुपैयाँ खर्चिएर स्टेज निर्माण भएको छ । यसबाहेक अन्य सबै तयारी पूरा गरिएको छ ।

सँधै विवाद र चर्चामा रहने राखी सावन्तले नेपालको प्रकृति र यहाँका मानिसहरुको व्यवहार आफूलाई निकै मन पर्ने गरेको प्रतिक्रिया दिएकी छन् । पछिल्लो पटक भने बलिउड नायिका तनुश्री दत्तलाई गाली गर्दै सेक्स स्क्यान्डलमा फसेका नायक नाना पाटेकरलाई बचाउ गरेका कारण सावन्त सामाजिक सञ्जालमा चर्चामा छिन् ।

उनी विभिन्न समयमा हर्कत गरेर चर्चामा आउने नायिका हुन । सावन्तले आज दुई पटक गरेर जम्मा २० मिनेट आइटम डान्स गर्नेछिन् । दुई इन्ट्रीमा हुने उनको आइटम डान्ससँगै इन्डियन आइडल २०१७ फेम मानषी भारद्वाज, मेघा कौर, सन्ध्या पौडेल, श्रेया गोयल, कुमकुम सिन्दे, मीरा लामा, सहिमा श्रेष्ठ, ज्याक आदि कलाकारले प्रस्तुति दिनेछन् । राखी सावन्त सन् १९९७ मा रिजिल भएको फिल्म अग्नीचक्रबाट बलिउडमा पाइला चालेकी थिइन ।

ताजा खबर