अनिल कपूरको स्वास्थ्यमा समस्या, यस्तो रहेछ रोग

२०७५ माघ १५ मंगलबार १३:००:०० मा प्रकाशित

एजेन्सी । सदाबहार नायक अनिल कपूरको स्वास्थ्यमा समस्या देखिएको छ ।

६२ वर्षको उमेरमा पनि हृष्टपुष्ट देखिने उनि अहिले पनि बलिउडमा सक्रिय छन् । उनको ‘एक लडकी को देखा तो ऐसा लगा’ नामक फिल्म बजारमा आउँदैछ । छोरी सोनम कपूरसँगै देखिन लागेका अनिल पछिल्लो समय काँधको समस्याका कारण चिन्तीत बनेका छन् ।

उनको दाहिने काँधमा क्याल्सीयम थुप्रिइ काँध नै ढुंगा जस्तो बन्न थालेको बताइएको छ । यस रोगलाई ‘क्याल्सीफिकेसन’ भन्ने गरिन्छ ।

उक्त समस्या देखिएपछि उनि त्यसको उपचारको लागि जर्मनी गएका छन् । अनिलले आफ्नो जिवनमा गरिएको केहि स्टन्टका कारण मांसपेशी च्यातिएको र क्लाल्सीयम थुप्रेकोले काँधमा समस्या आएको मिड डे लाई बताएका छन् ।

अनिल कपूरको फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’ मा राज कुमार राव र जुही चावला पनि रहेकी छिन् । १ फेब्रअरीमा रिलिज हुने यो फिल्मको प्रमोशन जोडतोडसँग चलिरहेको छ । त्यस्तै  २२ फेब्रअरीमा रिलिज हुने ‘टोटल धमाल’ मा अनिलको साथमा अजय देवगन, माधुरी दिक्षित, रितेश देशमुख, अर्शद वारसी र संजय मिश्रा छन् ।  

 

 

ताजा खबर