महाबुको महिमा 

२०७४ श्रावण २५ बुधबार ११:५९:०० मा प्रकाशित

दैलेख ।  हाम्रो माझ प्रत्येक वर्ष उही दिन आउँछ । जसले वर्ष दिनभरीका दुःख र पीडालाई विर्साईदिन्छ । हामी कति भाग्यमानी ! हाम्रो जीवनको सवैभन्दा धेरैे खुशी बोकेर ल्याउँछ । जसको महिमा असीमित रहेको छ ।

दुई जिल्लाको वीच भाग । जुन ठाउँमा पुग्ने जो कोही मानिसहरु पनि मर्माहित हुन्छन । जुन स्थान जनै पूर्णीमाको अघिल्लो दिन ठूलो भेला लाग्ने गर्दछ । कालिकोट र दैलेख जिल्लाको सीमाना पर्ने महाबु आफैंमा एक बहुचर्चित ठाउँ हो । समुन्द्री सतहदेखि ४ हजार १ सय ६८ मिटर उचाईमा रहेको छ । यहा ढुङ्गाबाट उत्पत्ति भएको शिवलिङ्ग छ । जसको दर्शन गर्न लाखौं तिर्थयात्रीहरुको घुईँचो लाग्ने गर्छ । किम्बदन्ती अनुसार महादेब शिव र पार्वतीको उत्पत्ती भएको कैलाशको रुपमा विब्यात छ । 

यो ठाउँमा तिर्थयात्रीले दर्शन गरेपछि मनका सवै कुरा पूरा हुने जनविश्वास छ । एकपटक पूजाआजा गरी सकेपछि अर्को पटक पुनः पुजाआजा गर्नु जनविश्वास रहदैं आएको छ । पूर्खाहरुका अनुसार दैलेख जिल्लाको भूर्तीका एक ब्राम्हणका छोरा पाटनमा गाई भैंसी चराउन गएको समयमा निन्द्रा लागेपछि ढुङ्गामा गएर सुते, त्यस समयमा शिवको दर्शन पाएपछि त्यस ढुङ्गा दिनहुँ दूध चढाउनु पर्ने र उक्त कुरा कसैलाई नभन्नु भन्ने आज्ञा पाएपछि उनलाई वोल्न सक्ने र वेद पढन सक्ने भएको भनाई रहदै आएको छ ।

त्यहि ढुङ्गाबाट शिवको लिङ्ग जस्तो आकृति भएको ढुङ्गा अहिले पनि जस्ताको तस्तै छ । यो ठाउँमा कालिकोट र दैलेख जिल्लाका दुईटा पुजारी रहेका छन् । एउटा जिल्लाको पुजारीले मात्र पूजा गर्न पाउँदैन । दुवै पुजारी सामिल भएपछि पुजाको कार्य अघि बढाउँछन । महाबुमा पूजा आजा गर्नको लागि आन्तरिक तिर्थयात्रहिरु त आउने नै भए तर छिमेकी देशका तिर्थयात्रीहरु समेत पूजा आजा गर्न आउने गरेका छन् ।

महाबु पूजा गर्नको लागि नजिकका तिर्थयात्रीहरु घरदेखि विहान जाने गर्दछन भने बाहिर बाट आउने तिर्थयात्रीहरु एक हप्ताको योजना बनाएर आउने गरका छन । धार्मिक दृष्किोणले जिल्लाको सवैभन्दा महत्वपूर्ण ठाउँ मानिन्छ ।

 महाबु पूजा आजाको लागि मात्र नभएर यो ठाउँ जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा पनि परिचित छ । सफा मौसम भएको समयमा यो स्थानमा पुगेपछि नेपालका अधिकांश भू–भागहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।  
                   

ताजा खबर