सोचे जस्तो हुन्न जीवन : रोजेको जोडी त्याग्ने कलाकार को को हुन् ?

२०७४ श्रावण २५ बुधबार ११:३४:०० मा प्रकाशित

मुम्बई । ‘माया नगरी’ भनेर चिनिने बलिउडले बनाएका फिल्महरुमा अनेक खालका प्रेमकथा कुँदिएका हुन्छन् । कतिपय सुखद अन्त्यमा टुंग्याइएका हुन्छन् भने कति दुखान्तमा टुंगिएका चर्चित फिल्महरु बनेका छन् । यसरी दर्शकमाझ प्रेम, मिलन, विछोड, दुखान्त, सुखजस्ता कथा पस्कने यो क्षेत्रका कलाकाहरुको वास्तविक जीवनमा प्रेम सम्बन्ध र यससँग सम्बन्धित कथा कस्तो होला भन्ने चासो धेरैमा हुन्छ ।

बलिउडमा यस्ता धेरै कलाकारहरु छन् जसको आपसमा प्रेमसम्बन्ध भएको छ । कतिपयको विवाह अघि डेट पनि भएको पाइन्छ । यस्ता जोडीमध्ये कतिको सम्बन्ध बिवाहसम्मै पुगेको छ भने कतिपयको पक्कापक्की भइसकेर पनि बिवाह हुन नपाएका प्रसंग चर्चित छन् । मिथुन चक्रवर्तीदेखि श्रीदेवी र रबिना टण्डनदेखि सलमान खानसम्मका कलाकार यस्तो प्रसंगमा पटकपटक चर्चामा आउने गरेका छन् ।

फापेन सम्बन्ध– श्रीदेवी र मिथुन

समय–समयमा श्रीदेवीको नाम उनीसँग काम गर्ने कलाकारहरुसँग जोडिनैरहेको हुन्छ । एक जमानामा श्रीदेवी र मिथुन चक्रवर्तीको प्रेम सम्बन्ध निकै चर्चाको बिषय बनेको थियो । पछि यी दुबै कलाकार अलग भएका थिए । १९९६ मा श्रीदेवीले आफनो दर्शक र फिल्म नगरीलाई आफु भन्दा आठ वर्ष ठूला निर्देशक बोनी कपुरसँग विवाह गरेर अचम्ममा पारेकी थिइन । श्रीदेवी यो विवाह गर्न चाहँदैथिइन् तर समयले नै बिवाह गर्नै पर्ने अवस्था आइपरेको चर्चा पनि त्यसबेला गरिएको थियो । मुख्य कारण उनी विवाहअघि गर्भवती भएकी थिइन भन्ने भारतीय मिडियामा सार्वजनिक भएको थियो ।

प्रेममै सीमित– रबिना र अक्षय

१९९४ मा प्रदर्शन भएको फिल्म ‘मोहरा’ मा रबिना टण्डन र अक्षय कुमारले सँगै काम गरेका थिए । फिल्मले राम्रो व्यापार गरेपछि यी दुबै नजिक भएका थिए । अक्षय र रबिना टण्डनबीच तीन वर्षसम्म प्रेमसम्बन्ध रह्यो । रबिनाले अन्र्तवार्तामा अक्षयसँग गोप्य रुपमा मन्दिरमा गएर ‘सगाई’ गरिसकेको पनि बताएकी थिइन् । रबिनाका अनुसार अक्षयलाई लोकप्रियता कम नहोस् भन्ने लाग्यो त्यसैले यसलाई गोप्य राखिएको थियो । दुबैबीच विवाह हुने पक्का भइसकेको थियो तर यही बेला अक्षयको जिन्दगीमा अर्की नायिका शिल्पा शेठ्ठी आइपुगिन् । अनि सबै कुरा भताभुंग भयो । पछि अक्षय कुमारले ट्वींकल खन्ना र रबिना टण्डनले व्यापारी अनिल थडानीसँग विवाह गरेका थिए ।

ड्रिम गर्ल र जितेन्द्रको अधुरो सम्बन्ध

जितेन्द्र एक समयमा भारतकी ड्रिम गर्ल हेमा मालिनीसँग एकदमै नजिक थिए । उनीहरुको प्रेम यतिसम्म अघि बढेको थियो कि जितेन्द्र आफनो पहिलो श्रीमती शोभा कपुरलाई छाडेर हेमा मालिनीसँग विवाह गर्न तयार भएका थिए । तर पछि यी दुबैको बिच धर्मेन्द्र ‘भिलेन’ बन्न आए । १९७५ मा प्रर्दशन भएको फिल्म ‘दुल्हन’ को सुटिङको बेला जितेन्द्रले हेमा मालिनीलाई मन पराएका थिए । यी दुबैले विवाह गर्ने निधोसम्म गरिसकेका थिए । जब यो कुरा जितेन्द्रको श्रीमती शोभा कपुरले थाहा पाइन तब उनले धर्मेन्द्रलाई हेमा मालिनीलाई सम्झाउनको लागि आग्रह गरिन् । अन्तमा दुबैको विवाह हुन सकेन र पछि धमेन्द्रले नै हेमा मालिनीसंग दोस्रो विवाह गरे ।

हिट, फ्लपसँग जोडिएको सम्बन्ध अभिषेक र करिश्मा 

करिश्मा – अभिषेकको प्रेमको शुरुवात अभिषेककी बहिनी श्वेताको विवाहदेखि भएको थियो । बहिनीको विवाहको बेला यी दुई नजिक भएका   थिए । यही बेला नायक अभिषेक बच्चनले डेब्यु फिल्म ‘रिफ्युजी’ मा काम गर्ने मौका पाए । फिल्म कि नायिका करिश्मा कि बहिनी करिना थिइन । करिना सधै अभिषेकलाई सेटमा भिनाजु भनेर बोलाउने गर्थिन् । तर करिश्मा कि आमा बबितालाई भने अभिषेक फिटिक्कै मन नपर्ने । यसको एउटै कारण थियो– त्यो समय करिश्माको फिल्म लगातार हिट भइरहेको थियो भने अभिषेकको फ्लप मात्र । करिश्माकी आमा बबितालाई अभिषेक आफनो क्यारियरमा सफल भएनन् भने के हुन्छ भन्ने चिन्ता थियो । करिश्मालले पनि आमाको कुराको कुनै बिरोध गरिनन् र पछि यी दुईको विवाह टुट्यो ।

साभार: दैनिक भास्कर

ताजा खबर