‘डन’ फिल्मको तेश्रो भाग आउने, युएईमा शुटिङ हुने

२०७५ माघ १४ सोमबार १३:०९:०० मा प्रकाशित

एजेन्सी । बलिउड स्टार शाहरुख खानले राकेश शर्माको बायोपिक ‘सारे जहाँ से अच्छा’ छोडेसँगै उनको हिट फिल्म डनको को सिक्वेलमा काम गर्ने भएका छन् । डन–३ नामक यस चलचित्रको शुटिङ अबुधाबीमा हुने बताइएको छ ।

आउँदो मे महिनामा शुटिङ शुरु हुने यस फिल्म सुरुवातमा अप्रिलको लागि तोकिएको थियो । अप्रिल महिनामा इन्डियम प्रिमियर लिग (आईपीएल) हुने र शाहरुख सो समय आफ्नो टोली कोलकाता नाइट राइडर्ससँग व्यस्त हुने हुनाले फिल्म शुटिङको समय मे महिनाको लागि तोकिएको दाबी गरिएको छ ।

डन–३ को मुल कथावस्तु चाहिं हतियारहरुको विश्वव्यापी तस्करी हुने बताइएको छ । यस फिल्मको शुटिङ युनाइटेड अरब इमिरेट्सको दुबई , अबुधाबी र रस–अल खाइमा क्षेत्रमा हुनेछ ।

डन–३ खाडी मुलुक युएईमा हुनुको मुल कारण त्यहाँबाट पाइने सुविधा रहेको भनिएको छ । यसअघि सलमान खान को ‘टाइगर जिन्दा हे’ र ‘रेस–३’ को शुटिङ हुँदा त्यहाँको सरकारले विशेष सहुलियत दिएको थियो । आर्मीको ट्यांक र हेलिकप्टर समेत शुटिङमा उपयोग गर्न पाएको खबरले डन–३ को शुटिङको लागि उपयुक्त लोकेशन युएई भएको निर्माण टोलीको ठहर रहेको बताइएको छ ।

 

ताजा खबर