‘ठाकरे’ फिल्मको कमाइ ह्वात्तै बढ्यो

२०७५ माघ १४ सोमबार ११:५०:०० मा प्रकाशित


एजेन्सी । ३० करोड रुपैंयामा बनेको बायोपिक ‘ठाकरे’ फिल्मको कमाइ पहिलो दिनको तुलनामा ६६ प्रतिशत बढेको छ ।

गत शुक्रबार रिलिज भएको यस औसत बजेटको फिल्मले २ दिनमा १६ करोड भारुको व्यापार गरिसकेको छ । पहिलो दिन ६ करोडको व्यापार गरेको यस फिल्मले दोश्रो दिनमा अर्थात् शनिबार १० करोडको व्यापार गरेको थियो ।

शनिबार भारतमा गणतन्त्र दिवसको बिदा भएकाले पनि व्यापार बढेको बुझाइ रहेको छ । फिल्मले विशेष गरी महाराष्ट्रबाट राम्रो प्रतिक्रिया तथा कमाइ गरिराखेको बताइएको छ ।

शिवसेना पार्टीका संस्थापक बाल ठाकरेको जिवनीमा आधारित यस चलचित्रलाई राजनैतिक समर्थन रहेकोले पनि यसको रिलिज नै भव्य भएको थियो । भारतीय समाचार पोर्टलका अनुसार यो फिल्म १३ सयवटा हलमा एकैसाथ रिलीज गर्न गरिएको थियो ।

यस फिल्ममा नवाजुद्दीन सिद्दीकीले बाल ठाकरेको भुमिका निभाएका छन् । त्यस्तै अमृता राव भने उनको श्रीमतीको भुमिकामा देखिएकिछिन् । शुक्रबार नै कंगाना रनोटको फिल्म मणिकर्णिका पनि रिलीज भएकोले यि दुई चलचित्रको कमाइमा भिडन्त भइरहेको छ ।

मणिकर्णिकाले २ दिनमा २६.८५ करोडको व्यापार गरिसकेको छ । फिल्म विश्लेषकहरुले ठाकरेलाई खासै राम्रो फिल्म मानेका छैनन् । यसको विपरित मणिकर्णिकालाई राम्रो चलचित्र मानेका छन् ।

 

ताजा खबर