करण जोहरको यस्तो चाहना ?

२०७५ माघ १३ आइतबार १२:३२:०० मा प्रकाशित

एजेन्सी । बलिउड फिल्म निर्देशक करण जोहरले फरक धारको चलचित्र निर्माण गर्न रुचाउने गरेका छन् ।

पछिल्लो समय उनले आफ्नो पुरुष समलिङ्गीको कथामा आधारित चलचित्र बनाउने चाहना रहेको बताएका छन् । उनले इच्छाइएको ‘गे लभ स्टोरी’ फिल्ममा दुई ठुला स्टारलाई लिने बताएका छन् । ति स्टारहरुको नाम भने करणले बताएका छैनन् ।

समलिङ्गीहरुको प्रेम कहानीमा आधारित चलचित्र बनाउन चाहेको खुलाएका करण जोहर योसँगै फेरी एकपटक चर्चामा आएका छन् ।

उनको ‘तख्त’ नामक फिल्म अहिले निर्माणको क्रममा छ । उक्त फिल्म तयार भएपछि मात्र नयाँको लागि काम गरिने उनले जानकारी दिएका छन् । तख्तमा जान्हवी कपूर, आलीया भट्ट, करीना कपूर खान, रणविर सिंह, विक्की कौशल, भुमि पेडनेकर र अनिल कपूर जस्ता चर्चित हस्तीहरु रहेका छन् ।

 

ताजा खबर