मणिकर्णिका दर्शकले मन पराउनुको कारण यस्तो रहेछ

२०७५ माघ १३ आइतबार १२:२०:०० मा प्रकाशित

एजेन्सी । १८ औं शताब्दीकि तत्कालिन बीरांगना लक्ष्मीबाईको जिवनीमा आधारित मणिकर्णिका दर्शकले मन पराएको दाबी गरिएको छ ।

बेलायती शासकहरुले भारतलाई आफ्नो अधिनमा ल्याउने क्रममा विरोध गरेकी लक्ष्मीबाईले आफ्नो झाँसीसम्म फैलिएको साम्राज्य बचाउन सबै शक्तिलगाएर बेलायतीसँग लडाँइ गरेको विषय नै फिल्मको मुल विषयवस्तु रहेको  छ ।

लक्ष्मीबाईको चरित्रमा देखिएकी बलिउड नायिका कंगना रनोटले आफ्नो चरित्रलाई न्याय गरेको फिल्मका विश्लेषकहरुले बताएका छन् । उनको लडाइँमा सदाशिव रावको भुमिकामा देखिएका जीशान अयूब, घौस खानको रोलमा देखिएका डेनी डेन्जोन्पा, तात्या टोपेको भुमिकामा देखिएका अतुल कुलकर्णी र झलकारी बाईको रोल देखिएकी अंकिता लोखन्डेले पनि शसक्त साथ दिएका छन् ।

यस्तो छ फिल्मको रोचक पक्ष

फिल्मलाई दर्शकले मन पराएपनि पहिलो हाफ भने सोचे जस्तो नरहेको दाबी गरिएको छ । सुस्त कथावस्तु, बलिउडको अनावश्यक रंगढंग जस्ता कारणले फिल्मको सुरुवाती समय बेकार बनाएको छ । त्यसमाथी आइटम नम्बर हालिएको कारण पनि फिल्मको ऐतिहासिक कथावस्तु हल्का महसुस भएको दर्शकहरुले मत जाहेर गरेका छन् ।

यतिका बावजुद फिल्ममा देखाइएको दृश्यहरुले भने दर्शकलाई अद्भुद आनन्द दिएको छ । कंगनाले आफ्नो ड्रिम प्रोजेक्ट बताएको कारण पनि उनले गरेको मेहनत फिल्ममा देखिएको छ । उनले लक्ष्मीबाईको भुमिकालाई अत्यन्तै न्याय गरेको कारण पनि दर्शकले यो फिल्म पन पराएको विश्लेषण गरिएको छ ।

एक्शन र इमोशनल दुबै भुमिकामा डुबेर उनले गरेको प्रदर्शनलाई दर्शकले माया गरेको बताइएको छ । त्यस्तै छोटो भुमिका भएपनि अंकिता लोखन्डेले पनि राम्रो अभिनय गरेकी छिन् ।

१८ औं शताब्दीको विषयवस्तु भएरपनि उक्त विषयवस्तुको चित्रण राम्रो भएको दर्शकहरुको मत रहेको छ । देशभक्तीले भरपुर भएको र फिल्मको दोश्रो हाफ अति नै रोमाञ्चक भएकोले पनि दर्शकले यो फिल्मलाई मन पराएको बताइएको छ ।

 

ताजा खबर