यस्तो छ सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को टिजर 

२०७५ माघ १२ शनिबार ०७:२५:०० मा प्रकाशित

मुम्बई,१२ माघ । पछिल्ला केहि वर्षदेखि बलिउडमा एकपछि अर्को चर्चित फिल्म दिँदै आएको बलिउडका चर्चित नायक सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘भारत’ को टिजर सार्वजनिक भएको छ । सलमान खानका फ्यानहरु उनको अब रिलिज हुने फिल्म ‘भारत’ लाई निकै व्यग्रताका साथ पर्खेर बसेका छन् ।

फिल्म ‘भारत’ रिलिज हुन भने अझै धेरै समय बाँकी नै छ । तर उनको यस फिल्मको टिजर भने सार्वजनिक भएको छ । टिजर सार्वजनिक भएसँगै अहिले सलमानको फिल्म ‘भारत’को पखाई सार्थक हुने बलिउडमा चर्चा चलिरहेको छ ।

टिजरको सुरुवात सलमानको दमदार भ्वाइस ओभरबाट गरिएको छ । सलमानको डायलग जति दमदार छ, उनको लुक र एन्ट्री पनि शानदार देखिएको छ ।

यस टिजरमा सलमान खान ६ वटा फरक–फरक अवतारमा देखिएका छन् भने फिल्मका अन्य कलाकारहरु कोही पनि देखिएका छैनन् ।
फिल्म ‘भारत’ को टिजर सावर्जनिक भएसँगै अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

अली अब्बास जफरको निर्देशन रहने यस फिल्ममा सलमान खान, कट्रिना केफ, तबु, दिशा पाटनी, ज्याकी श्राफ, वरुण धवन लगायतका कलाकारहरु रहेका छन् ।

यो फिल्म सन् २०१४ को सुपरहिट कोरियन फिल्म ‘ओड टु माई फदर’ को हिन्दी रिमेक हो । फिल्म ‘भारत’ २०१९ को ईदको अवसरमा जून ५ मा रिलिज हुने जनाइएको छ ।

ताजा खबर