गोविन्दाका भजिताको रहस्यमयी मृत्यु ?

२०७५ माघ ११ शुक्रबार १२:१२:०० मा प्रकाशित


एजेन्सी । बलिउड नायक गोविन्दाका ३४ वर्षिय भतिजा जन्मेन्द्र अहुजाको मृत्यु भएको छ ।

प्रहरीले उनको मृत्यु रहस्यमयी भएको भन्दै लाशलाई पोष्टमार्टममा पठाएपछि उनको मृत्युको विषयमा धेरै अड्कजबाजी शुरु भएको छ ।

जन्मेन्द्र गोविन्दाको दाजु कीर्ति कुमार अहुजाका छोरा हुन् । कीर्ति बलिउडमा निर्माता तथा निर्देशकको रुपमा चर्चित छन्  । जन्मेन्द्र पनि निर्देशकको रुपमा काम गर्ने गरेका थिए ।

उनको अकस्मात मृत्यु भएकोमा चकित भएकाहरुले उनको मृत्युमा शंका व्यक्त गरेपनि जन्मेन्द्रका आफन्त दाजु कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहले भने जन्मेन्द्रको मृत्यु हृदयघातबाट भएको बताएकी छिन् ।

स्थानीय संचार माध्यमसँग कुरा गर्दै उनको मृत्युमा कुनै रहस्य नभएको बताएकी थिइन् ।

जन्मेन्द्रको शवको अन्तिम संस्कार भइसकेको छ । परिवारका सदस्यहरु उपस्थित भइ उनको शवको क्रियाकर्म सकिएको बताइएको छ ।
 

 

ताजा खबर