बिहेपछि तेश्रो पार्टी दिंदै कपिल शर्मा, नरेन्द्र मोदी आउने दाबी

२०७५ माघ १० बिहीबार १२:४०:०० मा प्रकाशित

एजेन्सी । कमेडियन कपिल शर्मा र गिन्नी चतरथ बिच गत डिसेम्बरमै बिहे भएपनि बिहेको पार्टी दिने क्रम भने सकिएको छैन ।

डिसेम्बर महिना १२–१३ तारिखको दिन बिहे गरेका यि नवजोडीले यसअघि दुई पटक भोज खुवाइसकेका छन् । पहिलो पार्टीमा नजिकका आफन्तहरुलाई बोलाएका कपिलले दोश्रो भोजमा भने बलिउड हस्तीहरुलाई निमन्त्रण दिएका थिए ।

बलिउडमा समेत राम्रो स्थान बनाएका कपिलले तेश्रो भोज भने दिल्लीमा दिन लागेको बताइएको छ । तेश्रो भोजमा भने शिर्ष राजनेता, उच्च पदस्थ कर्मचारी लगायतकालाई बोलाउन लागेका भारतीय पत्रिकाहरुले उल्लेख गरेका छन् । यस भोजमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि आउने दाबी गरिएको छ ।

पछिल्लो समय ‘द कपिल शर्मा शो’ मार्फत् पुनः सानो पर्दामा आएका कपिलले तेश्रो भोजको मिति भने सार्वजनिक गरेका छैनन् । खराब समयबाट गुज्रेका उनले आफ्ना विरोधीहरुलाई साथै लिएर काम गरेपछि उनको शो केहिसमय अघि टीआरपी वरियतामा पहिलो नम्बरमा थिए भने अहिलेसम्म पनि शिर्ष ५ मै कायम रहेको छ ।

 

 

ताजा खबर