१३ सय हलमा एकैसाथ रिलीज हुँदै ‘ठाकरे’

२०७५ माघ १० बिहीबार १२:००:०० मा प्रकाशित


एजेन्सी । ३० करोड रुपैंयामा बनेको बायोपिक ‘ठाकरे’ शुक्रबार बिहान ४ः१५ मा रिलीज हुँदैछ ।

औसत बजेट भएपनि महाराष्ट्रमा यो फिल्मले ग्राण्ड ओपनिङ पाउने पक्का भएको हो ।

शिवसेना पार्टीका संस्थापक बाल ठाकरेको जिवनीमा आधारित यस चलचित्रलाई राजनैतिक समर्थक रहेको कारण पनि भव्य रुपमा रिलीज गर्न लागिएको बताइएको छ । भारतीय समाचार पोर्टलका अनुसार यो फिल्म १३ सयवटा हलमा एकैसाथ रिलीज गर्न लागिएको हो ।

बिहानै ४ः१५ को शो मा रिलीज गरेर धेरै दर्शकलाई हेर्न दन लागेको निर्माताहरुले बताएका छन् ।

भारतमा सामान्यतया फिल्म रिलीज गर्दा प्राइम टाइम मानिने दिउँसोका ७ बजे रिलीज हुने गरेको थियो । यस फिल्मलाई एकाबिहानै रिलीज गर्न लागिनु नै आफैंमा विशेष रहेको बताइएको छ ।

नवाजुद्दीन सिद्दीकीले बाल ठाकरेको भुमिका निभाउँदैछन् । अमृता राव भने उनको श्रीमतीको भुमिकामा देखिनेछिन् । शुक्रबार नै कंगाना रनोटको फिल्म मणिकर्णिका पनि रिलीज हुने भएकोले दुई चलचित्रको भिडन्त हुने अनुमान गरिएको छ ।

 

ताजा खबर