मनीषाले अझै पुस्तक लेख्ने, अझै फिल्म खेल्ने

२०७५ माघ ८ मंगलबार १३:१६:०० मा प्रकाशित


एजेन्सी । नायिका मनीषा कोइरालाले आफ्नो पुस्तक लेखाइ र फिल्मकर्मीको यात्रा नरोकिएको बताएकी छिन् ।

क्यान्सर रोगबाट मुक्त भएपछि ‘हिल्ड’ नामक पुस्तक लेखेकी उनले भविष्यमा अझै पुस्तक लेख्ने बताएकी हुन् । उनि भन्छिन्, ‘मेरो पुस्तकलाई पाठकले मनपराएकोले म एकदम उत्साहित छु । पाठकहरुले दिएको माया र प्रतिक्रिया प्रति म कृतज्ञ छु । ’

‘पुस्तक लेखेको यो मेरो पहिलो अनुभव हो । यसपछि मैले जुन प्रतिक्रिया पाएको छु, त्यसले मलाई भविष्यमा अझै पुस्तक लेख्ने जिम्मेवारी पनि दिएको छ । ’ आइतबार उर्जा अवार्ड कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै मनीषाले बताइन् ।

क्यान्सरलाई जितेकी मनीषाले पछिल्लो समय लस्ट स्टोरीज र सन्जु फिल्ममा काम गरिसकेकी छिन् । उनि भन्छिन्, ‘भगवानको कृपाले, म पक्का पनि अझै फिल्ममा देखिने छु । ’

क्यान्सर रोगले थला परेको अनुभवलाई उनले पुस्तकको रुपमा खोलेपछि पाठकबाट उनले साह्रै राम्रो प्रतिक्रिया पाएकी थिइन् । उनले युवाहरुको विषयमा बोल्दै भनेकी छिन्, ‘युवासँग हुने उर्जा, एक प्रकारको आशिवार्द नै हो । सोहीकारण पनि यसलाई सहि दिशामा र सहि तरिकाले प्रयोग गरेमा यसले जिवन र करियरलाई सफल बनाउँछ । ’

 

ताजा खबर