अक्षय र करीनाको ‘गुड न्यूज’ आउँदै

२०७५ माघ ८ मंगलबार १२:४६:०० मा प्रकाशित

एजेन्सी । बलिउडका चर्चित स्टारद्वय अक्षय कुमार र करीना कपूर खानको फिल्म ‘गुड न्यूज’ आउने भएको छ ।

कमेडी ड्रामा यस फिल्म कहिले रिलीज हुने भन्ने अन्यौल निर्माण टोलीले चिरेका छन् । यसअघि जुलाईमा रिलीज गर्ने कोशिस गरिएको भएपनि आगामी सेप्टेम्बरको ६ तारिखको दिन यो फिल्म आउने बताइएको छ ।

करन जोहर प्रोडक्सनले बनाउन लागेको यस फिल्मको रिलीज डेट सोमबार जोहरले आफ्नो ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् ।

यस फिल्ममा अक्षय र करीना बाहेक दिलजित दोसांझ र कायरा आडवानी पनि देखिने छन् ।

अक्षय र करीनाको अन स्क्रीन केमेष्ट्री दर्शकले मन पराएका छन् । बलिउडका प्रशस्तै फिल्ममा देखिएको यो जोडी पछिल्लो पटक गब्बर नामक फिल्ममा सँगै देखिएका थिए । फेरी यो जोडीलाई फिल्ममा देख्न पाइने भएकोले पनि बलिउड दर्शनहरु यस फिल्मको प्रतिक्षामा रहेको दाबी गरिएको छ ।

 

ताजा खबर