आगामी फिल्मको लागि यसरी दुख गर्दैछन् अर्जुन कपूर

२०७५ माघ ८ मंगलबार १२:२१:०० मा प्रकाशित

एजेन्सी । बलिउड नायक अर्जुन कपूर आफ्नो आउँदो फिल्म ‘पानीपत’ को लागि मेहनत गरिरहेका छन् ।

पीरियड ड्रामा यस फिल्ममा अर्जुन योद्धाको भुमिका देखिने भएकोले पनि फिट हुनको लागि उनले जिममा घण्टौं समय बिताएको बताइएको छ । पानीपत भन्ने स्थानमा भएको तेश्रो युद्धमा आधारित कथामा यो फिल्म बन्दैछ ।

यस फिल्ममा अर्जुन बाहेक संजय दत्त र कृती सेननको पनि मुल भुमिका रहेको छ । यस वर्षको अन्तिम महिना अर्थात् आगामी डिसेम्बर २०१९ को ६ तारिखको दिन यो फिल्म रिलिज हुने बताइएको छ ।

पछिल्लो समय बलिउडमा हिट चलचित्रको अभावमा तड्पिरहेका अर्जुनको लागि यो फिल्म ठुलो अवसर भएकोले पनि उनले यस फिल्मलाई सुहाँउदो बन्न उनले यस्तो मेहनत गरिरहेको भारतीय पत्रिकाहरुले दाबी गरेका छन् ।

अर्जुनले जिममा रहेको बेलाको केहि फोटो पनि सार्वजनिक गरेका छन् । उक्त तस्विरमा अर्जुन थकित मुद्रामा देखिएपनि शरिर भने कसिलो बनेको देखिएको थियो ।

 

 

ताजा खबर