दश वर्षपछि सिरियलमा फर्किंदै प्राची देसाई

२०७५ माघ ७ सोमबार १२:१२:०० मा प्रकाशित

एजेन्सी । भारतीय सीरियलबाट बलिउडसम्मको यात्रा गरेकी प्राची देसाई टेलीभिजनमा पुनः देखिने भएकी छिन् ।

सन् २०१६ मा रक अन नामक बलिउड फिल्ममा काम गरेकी प्राची त्यसयता सानो वा ठुलो पर्दामा देखिएको थिइनन् । त्यसअघि उनले थुप्रै सिरियलमा काम गरेकी थिइन् भने लाइफ पार्टनर, बोल बच्चन जस्ता औसत फिल्ममा काम गरेकी थिइन् ।

प्राचीलाई यसअघि अन्य कार्यक्रममा अनुबन्धन गर्न गरिएको प्रयास सफल नभएको बताइएको छ । कवच २ मा चाहिं निश्चीत भाग हुने भएकोले पनि प्राचीले काम गर्न मानेको दाबी गरिएको छ ।

कवचको पहिलो सिरिजमा विवेक दहिया, मोना सिंह, महक चहलले मुख्य भुमिकामा खेलेका थिए । कवचको दोश्रो श्रृंखलामा भने प्राचीको साथमा राम कपूर र साक्षी तन्वरलाई पनि अनुबन्धन गरिएको बताइएको छ ।
 

 

ताजा खबर