करीना कपूर चुनाव लड्दै ?

२०७५ माघ ७ सोमबार ११:५२:०० मा प्रकाशित


एजेन्सी । बलिउड नायिका करीना कपूर चुनाव लड्ने हल्ला चलेको बताइएको छ ।

पछिल्लो समय पारिवारीक जिवनमा रमाइरहेकी करीनाले कांग्रेसको कोटाबाट भोपालमा चुनाव लड्ने माहोल बनेको भारतीय पत्रिकाहरुले दाबी गरिरहेका छन् ।

बलिउड नायक सैफ अली खानसँग विवाह बन्धनमा बाँधिएकी करीना सोही नाताको आधारमा भोपालमा पटौदी खानदानसँग नजिक रहेको कारण पनि उनलाई त्यहाँ समर्थन प्राप्त हुने आँकलन गरिएको बताइएको छ ।

भोपाल क्षेत्रका कांग्रेस नेताहरुले मध्य प्रदेशका मुख्यमन्त्री र प्रदेशको कांग्रेस समितिका अध्यक्ष कमलनाथ लाई चिठी लेखेर करीनालाई चुनाव लड्न लगाउन आग्रह गरेको बताइरहेका छन् ।

पछिल्लो ४० वर्षदेखि भोपालमा कांग्रेसले हारिरहेको इतिहास भएको कारण पनि फरक तथा करीना जस्तो प्रतिष्ठीत प्रतिस्पर्धी ल्याउन सकेमा उक्त क्षेत्रमा कांग्रेसले जित्ने विश्लेषण गरिएको छ ।

करीना पनि व्यक्तिगत रुपमा राहुल गान्धीको प्रशंसक रहेको दाबी गरिएको छ । उनले सार्वजनिक रुपमै राहुल प्रति विश्वास रहेको बताएकाले करीना चुनावी मैदानमा आउने सम्भावना रहेको बताइएको छ ।

 

ताजा खबर