‘उरीः द सर्जिकल स्ट्राइक’ को व्यापार सय करोड नजिक

२०७५ माघ ६ आइतबार १३:१४:०० मा प्रकाशित

एजेन्सी । ठुला बजेटको चलचित्रहरु नआउँदा औसतको बजेटको चलचित्रको भिडमा ‘उरीः द सर्जिकल स्ट्राइक’ ले राम्रो कमाइ गरिराखेको बताइएको छ ।

बलिउड फिल्म उरीमा विक्की कौशल र यामी गौतमको प्रमुख भुमिका रहेको छ ।

आदित्य धारको निर्देशनमा बनेको यो फिल्म वास्तविक घटनामा आधारित भएकोले पनि दर्शकले मन पराएको चर्चा चलेको छ । सन् २०१६ मा भारतीय सेनाले पाकिस्तानमा आतंकवादिहरु विरुद्ध सर्जिकल स्ट्राइक गरेको विषयमा केन्द्रित रहेर यो फिल्म बनेको छ ।

२५ करोडको बजेटमा तयार भएको यस चलचित्रले प्रदर्शनको आठ दिनमा नै ७८.५४ करोड भारुको व्यापार गरिसकेको जानकारी बक्स अफिसले दिएको छ । विकेन्टको कलेक्सन जोड्दा सय करोडको आँकडामा पुग्ने अनुमान पनि गरिएको छ ।

शुरुको ५ दिनमै ५० करोडको व्यापार गरपछि यो फिल्मले राम्रो कमाइ गर्ने विश्लेषण यसअघि नै गरिएको थियो ।

 

ताजा खबर