‘मणिकर्णिका’ का निर्माता अस्पतालमा

२०७५ माघ ६ आइतबार १२:३५:०० मा प्रकाशित

एजेन्सी । रिलिज हुने क्रममा रहेको बलिउड चलचित्र मणिकर्णिकाका निर्माता कमल जैन अस्पताल भर्ना भएका छन् ।

कंगना रनोट अभिनित उक्त चलचित्रका निर्माता जैनलाई प्यारालाइसिस अट्याक आएपछि अस्पतालमा भर्ना गरिएको बताइएको छ । गम्भीर अवस्थामा रहेका उनको भेन्टिलेटरमा राखि उपचार भइरहेको भारतीय पत्रिकाहरुले लेखेका छन् ।

दिउँसोसम्म ट्वीटर मार्फत् आफ्नो चलचित्रका सहकर्मीलाई आफु अस्पतालमा रहेको र आउँदा फिल्म राम्रो हुनेमा विश्वास रहेको बताएका उनको साँझ सम्म स्वास्थ्य थप बिग्रेको बताइएको छ ।

नायिका कंगना रनोटको ड्रिम प्रोजेक्ट बलिउड चलचित्र मणिकर्णिकाः द क्वीन अफ झाँसी आगामी जनवरी २५ मा रिलिज हुँदैछ । उक्त फिल्ममा कंगना बाहेक अंकिता लोखन्डे, डेनी डोन्जोङपा लगायतका कलाकारहरु रहेका छन् ।

 

 

ताजा खबर