कार किन्ने क्रममा ठगिइन् नायिका सोनू वालिया

२०७५ माघ ६ आइतबार १२:२४:०० मा प्रकाशित

एजेन्सी । पूर्व मिस इन्डिया तथा बलिउड नायिका कार किन्ने क्रममा ठगिएकी छिन् ।

हाईइन्ड बीएमडब्लु कार किन्दा बिक्रेताले ३ हजार सीसी क्षमताको कार भन्दै सोनूलाई २० लाखमा बेचेका थिए । उक्त कारलाई सर्भिसिङ गराउन लग्दा २ हजार सीसी क्षमताको भएको र मूल्य पनि १० लाख मात्र पर्ने जानकारी पाएपछि मात्र उनले आफ ठगिएको थाहा पाएकी थिइन् ।

५४ वर्षिय उनले सेकेन्ड ह्याण्ड कार किन्न खोजेकोमा स्थानीय बिक्रेता अनवर मर्चेन्टले ३ हजार सीसीको गाडी १६ हजार किलोमिटर मात्र गुडेको राम्रो कंडिसनको गाडी रहेको बताएका थिए । सन् २०१२ को उक्त गाडीको अन्य विवरण पनि सोनूलाई चित्त बुझेको बताइएको छ ।  

२० लाख भारु मूल्य रहेको उक्त कार किन्ने क्रममा देखाइएको कागजमा पनि उक्त कारको क्षमता ३ हजार सीसीनै उल्लेख थियो ।

कागजमा रहेको विवरणलाई विश्वास गर्दै उनले किनेको उक्त कार सर्भिसिङ गराउन लग्दा कारको वास्तविक क्षमता पत्ता लागेको उनले बताएकी छिन् । सर्भिसिङ सेन्टरका प्राविधीकले उक्त गाडीको क्षमता २ हजार सीसी मात्र रहेको र मूल्य पनि १० लाख भारु भन्दा बढि नपर्ने भनेपछि उनले वास्तविकता थाहा पाएकी थिएन् ।

सो घटनापछि सोनू स्थानीय बांगुर प्रहरी चौकीमा कागजातसहित नायिका सोनूले उजुरी गरेकी छिन् ।

 

ताजा खबर