‘दुर्लभ रोग’ को उपचारपछि भारत फर्किए अभिनेता इरफान खान

२०७५ माघ ४ शुक्रबार १२:५३:०० मा प्रकाशित


 
एजेन्सी । गत वर्ष ‘दुर्लभ रोग’ को उपचार गर्न बेलायतमा गएका भारतीय अभिनेता इरफान खान उपचारपछि भारत फर्किएका छन् । उनी नजिकका सुत्रहरुका अनुसार हाल  उनि निको भएका छन् ।

न्यूरो एन्डोक्राइन नामक मानसिक रोग लागेका उनले केहि समयपछि आफ्नो स्वास्थ्यबारे औपचारिक जानकारी दिने बताइएको छ ।

गत वर्ष उनलाई यो रोग देखिएपछि उनले ट्वीट मार्फत् भनेका थिए , ‘मलाई न्यूरो एन्डोक्राइन नामक मानसिक रोग लागेको रहेछ । आफुले के पाएनौं भनेर जिन्दगीलाई दोष लगाउन मिल्दैन । पछिल्ला दिनमा मैले अनुभव भयो, अचानक अगाडि आइपर्ने समस्याले हामीलाई जिन्दगीमा अगाडि बढाउँदो रहेछ । मलाई लागेको रोग नियन्त्रण गर्न सजिलो छैन । तर, मेरा नजिकका मान्छे र मेरो इच्छाशक्ति ले मलाई आशा दिलाएको छ । ’

यसअघि इरफालन विशान भारद्वाजको फिल्म ‘सपना दीदी’ को काम शुरु गर्ने तरखरमा थिए । उक्त फिल्ममा इरफानको साथमा दीपिका पादुकोण पनि थिइन् । रोगले थलिएपछि उनले उक्त फिल्ममा काम गर्न पाएनन् ।

भारद्वाजका अनुसार उक्त फिल्म होल्डमा छ र इरफान आएपछिमात्र फिल्मको काम पुनः शुरु हुनेछ ।

 

ताजा खबर