नेवानिको बोइङ फेरि ‘ग्राउन्डेड’

२०७५ माघ ३ बिहीबार १३:२४:०० मा प्रकाशित


काठमाडौं, ३ माघ । नेपाल वायुसेवा निगम (नेवानि) को बोइङ ७५७ फेरि ग्राउन्डेड भएको छ ।

सामान्य प्राविधिक समस्या देखिएर मर्मतको लागि मलेसिया लगेको उक्त विमानमा अन्य समस्याहरु देखिएको भन्दै मर्मत गर्ने अवधि लम्बीएको थियो । ८१ दिनपछि आजै काठमाडौं ल्याइएको जहाजको ‘विन्डसिल्ड’ मा समस्या देखिएपछि ग्राउन्डेड गरिएको छ ।

यात्रुबिना नै मलेसियाबाट निगमा कर्मचारी र इन्जिनियरहरु मात्र लिएर आएको जहाजको समस्याले खतरा हुन सक्ने भएपछि काठमाडौं टावरका एटीसीले उक्त जहाजलाई प्राथमिकतामा राखेर ल्यान्डिङ गराएको बताइएको छ ।

विमानमा समस्या रहेको बताएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सावधानी स्वरुप दमकल र उद्दार टोली तयारी अवस्थामा राखेको जानकारी दिएको छ ।

नयाँ गन्तव्य नपाएको नेवानिको यस जहाजको अभावमा अन्तर्राष्ट्रिय उडानमा भने प्रभाव नपर्ने निगमले जानकारी दिएको छ । दुईवटा वाइडवडी र दुईवटा न्यारोवडी भएकाले निगमलाई जहाज अभावको अवस्था भने छैन ।

यसअघि निगमले अन्तिम बोइङ जहाज बिक्री गर्ने निर्णय गरिसकेको छअधिकतम मूल्य ६२ करोड ९ लाख र न्यूनतम ५० करोड ८ लाखमा बिक्री गर्न लागिएको उक्त जहाज मर्मतको लागि मात्र निगमले करौडौं खर्च गरेको थियो

 

ताजा खबर