रोहित शेट्टीको सबैभन्दा सफल चलचित्र बन्यो ‘सिंबा’

२०७५ माघ ३ बिहीबार १२:१८:०० मा प्रकाशित


एजेन्सी । बलिउड निर्देशक रोहित शेट्टीले अहिलेसम्म बनाएका चलचित्रहरु मध्ये ‘सिंबा’ सबैभन्दा सफल चलचित्र बन्न सफल भएको छ ।

औसत विषय वस्तुमा चलचित्र बनाउने गरेका सेट्टीको यसअघिको चलचित्रले व्यापार राम्रै गरेपनि निर्देशनको हिसाबले उनलाई खासै गतिलो मान्ने नगरेको थाहा भएको छ । शेट्टीको ८ वटा चलचित्रले १०० करोड भारु भन्दा बढिको व्यापार गरेको छ ।

सिंबामा सारा अलि खान र रणवीर कपुरको मुख्य भुमिका रहेको छ । गत २८ डिसेम्बरमा रिलिज भएको यस फिल्मले पहिलो हप्तामै १५०.८१ करोड भारु कमाउन सफल भएको थियो ।

शेट्टीको सबैभन्दा सफल चलचित्र सिंबाले अहिलेसम्म भारतीय बजारमा मात्र २२८ करोड भारु कमाइसकेको छ र २५० करोड भारु सजिलै कमाउने अनुमान गरिएको छ ।

यसअघि उनको फिल्म चेन्नई एक्सप्रेसले २२७.१३ करोड भारु कमाएको थियो । आर्थिक हिसाबले सिंबा अघि चेन्नई एक्सप्रेसनै शेट्टीको सबैभन्दा सफल चलचित्र रहेको थियो ।

 

ताजा खबर