कपिल शर्माको ‘कमब्याक शो’ को टीआरपी पहिलो नम्बरमा

२०७५ माघ ३ बिहीबार ११:४१:०० मा प्रकाशित


एजेन्सी । हास्य कार्यक्रम द कपिल शर्मा शो बाट चर्चित बनेका कमेडियन कपिलको ‘कमब्याक शो’ भारतमा अति मन पराइएको खुलेको छ ।

यस हप्ताको अनलाइन टीआरपीको वरियताक्रम अनुसार कपिलको कार्यक्रम सिधै शिर्ष स्थानमा पुगेको छ । उक्त शोमा सुमोना चक्रवर्ती, किकु शारदा, चन्दन प्रभाकर, रोचेल राव, भारती सिंह र क्रुष्णा अभिषेक पनि रहेकोले कार्यक्रमलाई दर्शकले मन पराइएको दाबी गरिएको छ ।

इन्टरटेनमेन्ट वेबसाइट पिंकविलाको समाचार अनुसार कपिल शर्माको शो लाई ३५.५ अंक दिइएको छ । दोश्रो स्थानमा रहेको नागिनले भने ३३.३ अंक पाएको छ ।

हालसालै गिन्नी चत्रार्थसँग विवाह बन्धनमा बाँधिएका कपिल केहि समय अघि खराब अवस्थाबाट पनि गुज्रिएका थिए । आफ्नै शोका साथीहरुलाई दुव्र्यवहार गरेका कपिलको चर्चित कार्यक्रम त्यसपछि बन्द नै भएको थियो ।

 

ताजा खबर