दीपिका पादुकोणको पूर्व प्रेमी विवाह गर्दै

२०७५ माघ ३ बिहीबार ११:२५:०० मा प्रकाशित


एजेन्सी । बलिउडकी चर्चित नायिका दीपिका पादुकोणका पूर्व प्रेमी निहार पाण्डेया विवाह बन्धनमा बाधिने भएका छन् ।

नायिक दीपिकाले केहि समयअघि बलिउड नायक रणवीर सिंहसँग विवाह गरेकी थिइन् । निहारको विवाह गायिका नीति मोहनसँग हुन लागेको खबर बाहिरिएको छ । आगामी फेब्रुअरी महिनामा निहार र नीतिको विवाह हुने बताइएको छ ।

मुम्बई मिररका अनुसार नीति र निहार पछिल्लो ४ वर्ष देखि सम्बन्धमा भएपनि आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका थिएनन् । निहारले बलिउड डेब्यू पनि गर्ने भएका छन् । कंगना रनोटको फिल्म मणिकर्णिकामा उनको डेब्यू हुँदैछ ।

भारतीय पत्रिकामा निस्किएको खबरहरुका अनुसार दीपिका र निहार कुनै समय प्रेममा थिए । निहारसँगको सम्बन्ध टुंग्याएपछि दीपिका र रणवीर ६ वर्षसम्म डेटिङ गर्दै हालसालै मात्र विवाह बन्धनमा बाँधिएका छन् ।

 

ताजा खबर