दीपिका पादुकोणले नाम नबदल्ने

२०७५ माघ २ बुधबार १२:११:०० मा प्रकाशित

काठमाडौं । बिहेपछि प्रायः बलिउड अभिनेत्रीले नाम बदल्ने गरेका छन् । श्रीमानकै थरलाई आफ्नोको पछाडी जोड्ने गरेका छन् ।

तर, बलिउड अभिनेत्री दीपिका पादुकोण भने यसमा फरक देखिएकी छन् । उनी नाम नबदल्ने भएकी छन् ।

गत महिना दीपिकाले रणवीर सिंहसँग बिहे गरेकी थिइन् । धेरैले अनुमान लगाएका थिए, ‘दीपका पादुकोण सिंह’ हुने छिन् ।

उनीसँगै बिहे गरेको अभिनेत्रीहरुले पनि नाम बदलेका छन् । जस्तो प्रियंका चोपडाले प्रियंका चोपडा जोसन लेख्न थालेकी छन । उनले निक जोनससँग बिहे गरेकी थिइन् ।

त्यस्तै, सोनम कपूरले सोनम कपूर आहुजा लेख्न थालेकी छन् । उनले आनन्द आहूजासँग बिहे गरेकी थिइन् ।

त्यस्तैले पनि दीपिकाले बदल्ने चर्चा गरिएको थियो । एक कार्यक्रममा दीपिका पादुकोण वा दीपिका पादुकोण सिंह मध्ये के भनेर बोलाउने भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘म र रणवीरले यस विषयमा कुराकानी गरेका छैनौं । अहिलेसम्म यस विषयमा सोचेकै छैन ।’

आफूले कडा मेहेनतले बलिउडमा नाम बनाएको बताएकी छन् । उनले थपिन, ‘मैले आफ्नो पहिचान बनाउनका लागि कडा मेहेनत गरेकी छु । किन नाम बदल्नु ?’

ताजा खबर