सोनु निगमको हत्या गर्ने योजना बनाएको आरोप

२०७५ माघ २ बुधबार ११:४६:०० मा प्रकाशित

काठमाडौं । बलिउडका चर्चित गायक सोनु निगमको हत्या गर्ने योजना बनाइएको समाचार आएको छ ।

गायक सोनु निगमको हत्या गर्ने योजना बनेको भारतको महाराष्ट्रका पूर्वमख्यमन्त्री नारायाण् राणेका छोरा एवं पूर्वसांसद निलेश राणेले आरोप लगाएका हुन् । उनले शिवसेनाका संस्थापक बालासाहेब ठाकरेले सोनु निगमको हत्या गर्ने योजना बनाएको बताएका हुन् ।

रत्नागिरीमा आयोजित एक कार्यक्रममा पूर्वसांसद् निलेशले भने, ‘मुम्बई प्रहरीलाई थाहा छ । बालासाहेब ठाकरेले सोनु निगमको हत्या गर्ने योजना बनाएका थिए ।’

उनले यसबारेमा मुम्बई प्रहरीलाई सबै जानकारी भएको खुलाएका छन् । उनले भनेका छन, ‘सोनु निगमको हत्या गर्ने बाला साहेब ठाकरेले शिव सैनिक पठाएका थिए ।’

यस विषयमा शिवसेनाले कुनै प्रतिक्रिया जनाइएको छैन् । बालासाहेब ठाकरेको परिवारले पनि कुनै प्रतिक्रिया जनाएको छैन । दुई दिनदेखि उनीहरु चुपचाप बसेका छन् ।

शिवसेनाका सांसद विनायक राउतले नारायण राणेमाथि आठवटा हत्या गराएको आरोप लगाएपछि उनका छोरा निलेश ठाकरे र शिवसेनामाथि नै आरोप लगाउन पुगेका हुन । निलेश कांग्रेसबाट अगल भएर ‘महाराष्ट्र स्वाभिमान पक्ष’ नामका पार्टी खोेलेका छन् ।

उनको भनाइले बलिउडमा सनसनी मच्चाएको छ । यसमा सोनु निगमले पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।

बालासाहेब ठाकरे जिउदै छदा एक पटक सोनु निगमको आलोचना गरेका थिए । शिवसेना पनि सोनु निगमको विरोधमा उत्रिएको थियो । त्यही बेला हत्याको योजना बनेको निलेशको आरोप छ ।

ताजा खबर