आमिर खानको ‘गजनी–२’ आउने

२०७५ माघ १ मंगलबार १४:३९:०० मा प्रकाशित

काठमाडौं । बलिउडका चर्चित अभिनेता आमिर खानलाई फेरी चर्चित फिल्मको सिक्वइलमा देख्न पाइने भएको छ । उनको चर्चित फिल्म ‘गजनी’को सिक्वइल आउने भएको छ ।

उनी ‘ठग्स अफ हिन्दोस्तान’ फ्लप भएपछि केही समय सुस्ताएका थिए । यसले लगानी पनि असुल गर्न सकेको थिएन् ।

त्यही पीडाबीच आमिरले ‘गजनी–२’को काम थालेका छन् ।  गजनीका निर्माताहरुले ‘गजनी–२’को नाम दर्ता गराइसकेका छन् । यो हिन्दी र तेलगु भाषामा आउने जनाएको छ ।

यसको काम शुरु भएसँगै आमिरले आफ्नो स्वास्थ्यमा पनि विशेष ध्यान दिइरहेका छन् । गजनी–२ को भूमिकाका लागि ‘बडी’ बनाइरहेका छन् ।

यसको छिट्टै सुटिङ शुरु हुने जनाएको छ ।

ताजा खबर