निर्देशक हिरानी ‘मी टू’मा परेपछि ‘मुन्नभाइ–३’ संकटमा

काठमाडौं । निर्देशक राजकुमार हिरानीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि ‘मुन्नभाइ–३’ फिल्म संकटमा परेको छ ।
फिल्म ‘सन्जु’को पोस्टप्रोडक्सनका क्रममा निर्देशक हिरानीले यौन दुर्व्यवहार गरेको सहायक निर्देशकले आरोप लगाएकी थिइन् ।
आफूले गलत नगरेको र कानुनी कारवाहीका लागि घटनाको अनुसन्धान गर्न सघाउन तयार रहेको हिरानीले बताउँदै आएका छन् ।
बलिउडका कयौं कलाकारले हिरानीको पक्षमा बोलेका छन् ।
यसको प्रभाव ‘मुन्नभाइ–३’मा परेको छ । सुटिङको तयारीमा रहेको फिल्म रोकिने भएको छ । हिरानीले सफाइ नपाउँदासम्म यो फिल्म रोकिने भएको छ ।
यस अघि ‘मुन्नभाइ एमबीबीएस’ र ‘लगे रहो मुन्नभाइ’बाट धेरै चर्चा कमाएका हिरानी मुन्नभाइ–३ बनाउन लागेका थिए । उनले ‘३ इडियट्स’, ‘पिके’ र ‘सन्जु’जस्ता सुपरहिट फिल्म निर्देशन गरेका छन् ।
यो फिल्ममा पनि संजय दत्त, अरशद वारसी लगायतको अभिनय रहने छ ।