क्यान्सरलाई पराजित गरे इमरान हाशमीका छोराले

२०७५ माघ १ मंगलबार ११:३२:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता इमरान हाशमी ठूलो पीडाबाट मुक्त भएका छन् । उनका परिवारका लागि खुशीको दिन आएको छ ।

उनको छोरा अयान क्यान्सर रोगबाट मुक्त भएका छन् । ९ वर्षीय अयान क्यान्सरसँग जुधिरहेका थिए । पाँच वर्षको उपचारपछि चिकित्सकले उनी निको भएको बताएका छन् ।

अभिनेता हाशमीले इन्स्टाग्राममा छोरासँगैको फोटो सेयर गरेर खुशी बाँडेका छन् । उनले क्याप्सन लेखेका छन, ‘पाँच वर्षको डाइग्नोसिसपछि अयान क्यान्सरमुक्त भएका छन् । यो लामो यात्रा थियो । तपाईहरु सबैको प्रार्थना र आर्शिषका लागि धन्यवाद ।’

उनले अगाडी लेखेका छन, ‘क्यान्सरसँग लडिरहेका सबैलाई मेरो तर्फबाट धेरै धेरै प्यार र शुभकामना । आशा र विश्वास नगुमाउनु होला, तपाई लडाइ जित्न सक्नुहुन्छु ।’

अयानको जन्म सन् २०१० मा भएको हो । जब उनी चार वर्षको भएका थिए, त्यतिबेला मृगौलाको क्यान्सर भएको थाहा पाएका थिए । उनको पहिलो चरणको क्यान्सर थियो । यो खबरले इमरान र उनकी पत्नी परवीन शाहनीलाई झट्का लागेको थियो ।

त्यसपछि इमरान क्यान्सरविरुद्ध सचेतना फैलाउन थालेका हुन् । उनले पुस्तक पनि लेखेका छन् । ‘द किस अफ लाईफः हाउ अ सुपरहिरो एन्ड माई सन डिफेक्टेड क्यान्सर’ पुस्तकमा अयानलाई भएको क्यान्सर र उपचारका विषयमा लेखेका छन् ।

ताजा खबर