निर्देशक राजकुमार हिरानी पनि ‘मी टू’मा

२०७५ पौष ३० सोमबार १२:१८:०० मा प्रकाशित

काठमाडौं । बलिउड चर्चित निर्देशक राजकुमारी हिरानी पनि ‘मी टू’को चपेटामा परेका छन् ।

उनीसँगै ‘सन्जु’ फिल्मका काम गरेकी एक युवतीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । हुपपोस्ट इन्डियाको रिपोर्टअनुसार, निर्देशक हिरानीलाई ‘सन्जु’ फिल्ममा सहयाक भएर काम गरेकी युवतीले आरोप लगाएकी हुन् ।

ति युवतीले ‘सन्जु’को पोस्ट प्रोडक्सनका क्रममा हिरानीले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनले ६ महिनाको अवधिमा पटकपटक यौन दुर्व्यवहार गरेको उनको भनाइ छ ।

उनले यससम्बन्धमा ‘सन्जु’ सह–निर्माता विनोद विभु चोपडालाई पनि इमेल गरेर जानकारी दिएको रिपोर्टमा उल्लेख गरिएको छ । ति युवतीले हिरानीले दुर्व्यवहार गरेपछि पनि उनीसँगै काम गरेकी थिइन् । ‘काम छोड्दा अप्ठ्यारो पर्ने भएपछि सहेर पनि काम गरेँ’ उनले भनेकी छन् ।

निर्देशक हिरानीका वकिल आनन्द देसाइले आरोपको खण्डन गरेका छन् । उनले भनेका छन, ‘यो झुठा आरोप हो । यो हिरानीको छवि खराब गर्ने षडयन्त्र हो ।’ यो आरोपमा जुनसुकै किसिमको अनुसन्धानमा सहयोग गर्न हिरानी तयार रहेको जनाएको छ ।

दिर्नेशक हिरानीले मुन्नभाइ सेरिजसँगै ‘३ इडियटस’, ‘पिके’ र ‘सन्जु’ लगायतका चर्चित फिल्म निर्देशन गरेका थिए ।

ताजा खबर