प्रिया र रणवीरको सेल्फीले तहल्का

२०७५ पौष २९ आइतबार १२:२९:०० मा प्रकाशित

काठमाडौं । आँखा झिम्काएको दृश्यले बलिउडमा चर्चा पाएकी मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर मुम्बइ पुगेकी छन् ।

उनी ‘उरीः द सर्जिकल स्ट्राइक’को विशेष प्रदर्शनमा सहभागि हुन मुम्बइ पुगेकी हुन् । उनलाई विकी कौशलले निम्तो गरेका थिए ।

त्यही मौका उनले अभिनेता रणवीर सिंहसँग सेल्फी लिएकी थिइन् । उनले त्यो सेल्फीलाई इन्स्टाग्राममा राख्दै क्याप्सन लेखिन्, ‘म यो भन्दा बढी के नै माग्न सक्छु र !’

उनको क्याप्सनसहितको सेल्फीले तहल्लाका मच्चाएको छ । यो फोटो पनि भाइरल बनेको छ । उनी भारतीय मिडियामा समाचार बनेकी छन, सेल्फीले नै ।

प्रियाले मलयालम फिल्म ‘ओरु अदार लभ’मा डेब्यू गरेकी हुन् । पहिलो फिल्मबाटै चर्चा पाएकी छन भने आँखा झिम्काएको दृश्य र फोटो त लोकसभामा समेत एकअर्कालाई जिस्काउन समेत प्रयोग भएको थियो ।

ताजा खबर