‘कूली नम्बर १’को रिमेकमा सारा र वरुण

२०७५ पौष २९ आइतबार ११:५३:०० मा प्रकाशित

काठमाडौं । गोविन्दाको हिट फिल्म ‘कूली नंबर १’ को सन् १९९५ मा डेविड धवनले निर्देशन गरेका थिए । यो फिल्मले प्रशंसासँगै पैसा पनि कमाएको थियो ।

त्यसको २१ वर्षपछि ‘कूली नंबर १’को रिमेक आउने भएको छ । त्यसलाई निर्देशन गरेका डेबिडका छोरा बरुण धवन यसमा देखिने छन् । उनीसँगै सारा अलि खानको भूमिका रहने भएको छ ।

यो फिल्म डेबिड धवनको होम प्रोडक्सन हुने छ । सारा र बरुणलाई लिएर यसको निर्देशन डेबिडले नै गर्ने भएका छन् ।

झण्डै एक वर्षदेखि डेभिड धवन नयाँ जोडीको खोजीमा थिए । उनले सारालाई यसका लागि चुनेको जनाएको छ । उनीसँगै बरुणलाई खेलाउने भएका छन, डेभिड ।

यो फिल्मको सुटिङ जुलाइदेखि हुने भएको छ । बरुण व्यस्त रहेकाले सुटिङ जुलाइदेखि हुने भएको हो । अहिले बरुण अभिषेक वर्मनको फिल्म ‘कलंक’ र रेमो डिसूजाको फिल्म ‘एबीसीडी ३’को सुटिङमा व्यस्त छन् ।

ताजा खबर