'मुन्नाभाइ एमबीबीएस'का एक कलाकार तीन वर्षदेखि वेपत्ता

२०७५ पौष २९ आइतबार ११:२१:०० मा प्रकाशित

काठमाडौं । संजय दत्तको सुपरहिट फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ कसले बिर्सेला र यसको तेस्रो सिरिज पनि आउने तयारी गरिएको छ ।

'मुन्नाभाइ एमबीबीएस' र 'लगेरहो मुन्नाभाइ'पछि अब 'मुन्नभाइ–३' आउने भएको हो । यसमा संजय दत्तसँगै सर्किटको भूमिकामा रहेका अरशद वारसी पनि देखिने छन् ।

तर, 'मुन्नाभाइ एमबीबीएस'मा रहेका एक अर्का कलाकार भने देखिने छैनन् । ति कलाकार हुन, विशाल ठक्कर । 'मुन्नाभाइ एमबीबीएस'मा आत्महत्या गर्न खोज्ने युवकको भूमिकामा थिए, विशाल ।

'मुन्नाभाइ–३' को चर्चासँगै उनै विशाल वेपत्ता रहेको खबर आएको छ । भारतीय मिडियाका अनुसार, उनी तीन वर्षदेखि गायब छन् ।

एक रिपोर्टका अनुसार, उनी ३१ डिसेम्बर, २०१५ मा घरबाट निस्केका थिए । फिल्म हेर्नका लागि घरबाट निस्केका उनी अझै फर्केका छैनन् । कहाँ गए भन्ने परिवारजनलाई पनि थाहा छैन् ।

उनले आफ्नी आमालाई पनि फिल्म हेर्न जान आग्रह गरेका थिए । आमा मञ्जुर नभएपछि उनी एक्लै फिल्म हेर्न गएका थिए । त्यही साँझ आफ्ना बुवालाई एक पार्टीमा गइरहेको र एक दिनपछि फर्किने मेसेज गरेका थिए । तर, त्यसपछि घर फर्किएका छैनन् । उनी कहाँ छन भन्ने पत्तो छैन् ।

प्रहरीका अनुसार, उनी १ जनवरी, २०१६ को बिहान गोदबंदर रोडस्थित प्रहरी कार्यालयमा देखिएका थिए । सुटिङका लागि अंधेरी गइरहेका थिए । त्यसपछि थप खबर नमिलेको प्रहरीले जनाएको छ । उनी प्रेमिकासँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर