बलिउड कलाकारको राखी उत्सव : दीपिका पादुकोण आफ्नै अंगरक्षकलाई राखी लाउँछिन्

२०७४ श्रावण २३ सोमबार १५:०२:०० मा प्रकाशित

मुम्बई । बलिउड कलाकारले भाई–बहिनी बनाएका जोडी धेरै छन्। उनीहरु एकाघरका भाई–बाहिनी नभएपनि त्योभन्दा बढी नै निकटस्थ देखिन्छन् । यही कारणले अरुबेला भन्दा रक्षा बन्धनको दिन बलिउड कलाकार आफ्नो राखी लगाउने भाई बहिनीहरुसँग भेट्न बिर्सँदैनन् । सलमान खान–श्वेता रोहिरा, ऐश्वर्या राय बच्चन–सोन सुद, दिपीका पादुकोण–जलाल, कैटरिना कैफ–अर्जुन कपुर, साक्षी तवर–अलि असगर लगायतका बलिउड कलकारहरुको आफ्नै बहिनी भएपनि उनीहरुले आफूहरुले बनाएका बहिनीहरुसँग पनि राखी बाँध्ने गर्छन् ।

ऐश्वर्या राय बच्चन– सोनु सुद

कलाकार सोनु सुदलाई नायिका ऐश्वर्या राय बच्चनले राखी लगाइदिने गरेकी छिन् । खास भन्ने हो भने निर्देशक आशुतोष गोवारिकरको फिल्म ‘जोधा–अकबर’ मा यी दुई कलाकार भाई–बहिनीको भूमिकामा छन्। त्यहि फिल्मको सुटिङको क्रममा ऐश्वर्या रायले सोनु सुदलाई राखी लगाईदिएकी हुन् । त्यहिबेलाबाट हरेक वर्ष सोनुले ऐश्वर्यासँग राखी लगाउने गरेका छन् ।

सलमान खान–श्वेता रोहिरा

नायक सलमान खानको जिन्दगीमा अर्पिता र अलविरा बाहेक एउटा अर्की बहिनी पनि छन् जसको बारेमा धेरै कमलाई थाहा छ । सलमानले मुम्बई कि श्वेता रोहिरासँग राखी लगाउने गरेका छन् । श्वेता सानै उमेरदेखि सलमानको कलाकारिताबाट प्रभावित छन् । एक दिन श्वेता सलमानको घर पुगिन र उनकी आमासँग आफुलाई सलमान खालाई राखी लगाइदिने इच्छा भएको कुरा व्यक्त गरिन् । सलमान पनि कमलो मनका भएकाले सजिलै श्वेताको प्रस्ताव स्वीकार गरिदिए । त्यसयता सलमान श्वेतालाई साख्खै बहिनी जस्तै नै मान्ने गर्छन् । सलमानले श्वेताको विवाहमा आफैंले कन्यादान पनि गरेका थिए ।

दीपिका पादुकोण–जलाल

दीपिका पादुकोणका आफ्ना दाजुभाई छैनन् । उनी आफ्नै अंगरक्षक जलाललाई राखी लगाईदिने गर्छिन् । गत वर्ष पनि उनले जलाललाई नै राखी लगाईदिएकी थिइन् । यसको भिडियो पनि उनले शेयर गरेकी थिइन् । दीपिका भन्छिन् – जलाल जतिबेला पनि मसँगै हुन्छन्,उनी नै मेरा भाई हुन् ।  
कैटरिना कैफ–अर्जुन कपुर

कैटरिना कैफ भारतीय फिल्म क्षेत्रमा कलाकार अर्जुन कपुरलाई आफ्नो भाई मान्छिन् र उनलाई नै राखि लगाईदिने गर्छिन् । कैटरिनाका अनुसार, उनलाई अर्जुन कपुरसँग सलमान खानले भेट गराईदिएका हुन् । कैटरिनाले अर्जुनलाई पाँच छ वर्ष देखि नै राखी लगाईदिने गरेकी थिइन। आजसम्म पनि यही शिलशिला चलिरहेको छ ।

साक्षी तंवर–अली असगर

टीवी शो ‘कहानी घर–घर की’ बाट नाम कमाएका साक्षी तवर र अली असगरको टीवीमा देखिने सम्बन्ध किन देवर भाउजू कै नहोस् तर बाहिर यी दुई भाई बहिनी हुन् । यी दुईको सम्बन्ध शो शुरु भएदेखि नै रहेको हो । साक्षीका अनुसार, कलाकारहरुको जीवन एकदमै व्यस्त हुन्छ तर राखी बाँध्ने  चाड यस्तो हो कि अली र उनलाई सँधै सम्झना हुन्छ ।  
साभार : दैनिक भास्कर 
 

ताजा खबर