'सिम्बा'को कमाइ तीन सय करोड नजिक

२०७५ पौष २७ शुक्रबार १२:०७:०० मा प्रकाशित

काठमाडौं । सारा अलि खान र रणवीर सिंहको फिल्म ‘सिम्बा’को कमाइ तीन सय करोड नजिक पुगेको छ ।

यो फिल्म रिलिज भएको १३औं दिनसम्म पनि फिल्महल भरिभराउ छन् । सिम्बा संसारभरका चार हजार हलमा रिलिज भएको थियो । अझै पनि कयौ हलमा चलिरहेको छ ।

बजार विष्लेषक तरण आदर्शका अनुसार, बुधबारसम्म सिम्बाको कमाइ दुई सय ८५ करोड भारतीय रुपैयाँ पुगेको छ । यो फिल्मले भारतमा दुई सय आड करोड कमाएको छ । त्यस्तै, भारत बाहिरबाट ७७ करोड कमाएको छ ।

यसले भारतमा पहिलो तीन दिनमा ५० करोड कमाएको थियो । त्यस्तै पाँच दिनमा सिम्बाको कमाइ एक सय करोड पुगेको थियो ।

त्यस्तै, सात दिनमा एकसय ५०, दश दिनमा एकसय ७५ र १२औं दिनमा दुई सय करोड कमाइ गरेको थियो । यसले तेह्रौं दिनमा दुई आठ करोड कमाएको हो ।

यो वर्ष तीन सय करोड भारतीय रुपैयाँ कमाउने रणवीरको यो दोस्रो फिल्म हो । यस अघि ‘पद्मावत’ले तीन सय करोड कमाएको थियो ।

ताजा खबर