आमिर दम्पतीलाई स्वाइन फ्लू

२०७४ श्रावण २३ सोमबार १४:००:०० मा प्रकाशित

 मुम्बई । बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण राव स्वाइन फ्लूबाट प्रभावित भएका छन्। यो दम्पतिले घरमै उपचार सेवा लिईरहेको भारतीय संचार माध्यमले जनाएका छन् ।

आमिर दम्पतीलाई आइतबार पूनामा एउटा कार्यक्रममा भाग लिन जानु पर्ने थियो । तर, स्वाइन फ्लूका कारण उनीहरु कार्यक्रम जान सकेनन् । आमिरको पारिवारिक स्रोतका अनुसार, उनले पानी फाउन्डेशनको भिडियो कन्फ्रेन्सिङको क्रममा स्वाईन फ्लू लागेको पुष्टि गरेका हुन् ।
 आमिरले आफूहरु अब एक सातासम्म कुनै पनि सार्बजनिक कार्यक्रममा भाग नलिने जानकारी दिएका छन्।
 
 

ताजा खबर