१९ लाखले मन पराएको साराको तस्बिर

२०७५ पौष २६ बिहीबार ११:४७:०० मा प्रकाशित

काठमाडौं । भरखरै बलिउडमा डेब्यू गरेकी सारा अलि खान ‘सिम्बा’बाट भने स्टार बनेकी छन् ।

डेब्यू फिल्म ‘केदारनाथ’बाट समिक्षक र दर्शकको मन जितेकी उनी ‘सिम्बा’बाट रातारात बलिउड स्टार बनेकी छन् । उनको अभिनयको प्रशंसा भइरहेको छ । दुई साता अघि रिलिज भएको ‘सिम्बा’ दुई सय करोड भारतीय रुपैयाँ नजिक पुगेको छ । अझै पनि फिल्म हलमा दर्शकको घुइचो थामिएको छैनन् ।

तथािप, हिजोदेखि भने सारालाई फिल्म भन्दा पनि फोटोले मिडियामा ल्याएको छ । भारतीय मिडियामा उनले इन्स्टाग्राममा सेयर गरेको फोटो छाएको छ ।

सामाजिक सञ्जालमा त उनको फोटो भाइरल भएको छ । स्याउ खादै गरेको फोटो इन्स्टाग्राममा धेरै लाइक बटुल्ने फोटो बनेको छ ।

उनको इन्स्टाग्राममा ५४ लाखभन्दा बढी फलोअर्स छन् । उनले हिजो सेयर गरेको फोटो एक दिनमै १९ लाखभन्दा बढीले मन पराएका छन् ।

हजारौले कमेन्ट गरेका छन् । यो क्रम रोकिएको छैन् । उसो त उनका अन्य फोटो पनि इन्स्टाग्राममा धेरैले मन पराउने गरेका छन् ।

हुन पनि उनी ‘रोयल’ परिवारकी सदस्य हुन् । अमृत राव र सैफ अलि खानकी छोरी सारा न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयबाट स्नातक गरेर बलिउड प्रवेश गरेकी हुन् ।

 

ताजा खबर