सलमान र यूलिया गोवामा !

२०७५ पौष २६ बिहीबार ११:१५:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता सलमान खान फेरी एक पटक प्रेमिकासँग भेटिएका छन् ।

उनी नयाँ वर्ष मनाउन गोवा पुगेको बेला पापराजीहरुले क्यामरामा कैद गरेका छन् । सलमान प्रेमिका यूलिया वन्तूरसँगै गोवामा भेटिएका हुन् ।

सन् २०१९ को नयाँ वर्ष उनले गोवामा बिताएको भारतीय मिडियाले जनाएका छन् । सलमान गोवाबाट फर्केको तस्विरहरु पनि मिडियामा आएका छन् ।

सलमानकी प्रेमिका यूलियाले पनि यसको पुष्टि गरेकी छन् । उनले गोवाको भिडियो सेयर गरेकी छन् ।

यूलियाले बर्थडेको भिडियो पनि सेयर गरेकी थिइन् । जहाँ सलमान बर्थडे विस गरिरहेको देखिएका थिए ।

सलमानले मिडियासँग केही नबोले पनि ‘द कपिल शर्मा सो’मा सिंगल नभएको जनाउँ दिएका थिए । उनले उनले कपिल शर्माको प्रश्नमा सिंगल नभएको बताएका थिए ।

सलमान र यूलियाको सम्बन्ध २०१३ देखि शुरु भएको थियो । यूलिया रोमानियाकी हुन् । उनी भारत आउँदा सलमानले नै सहयोग गरेका थिए ।

सलमान बिहेका बारेमा पनि तयार रहेको खबर आएको छ । यसमा सलमानका परिवारजन पनि सहमत रहेको जनाएको छ ।

 

ताजा खबर