संजय दत्तको ‘मुन्नाभाइ–३’ आउँने

२०७५ पौष २५ बुधबार ११:५३:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता संजय दत्त र अरशद वारशीको ‘मुन्नाभाइ एमबीबीएस’ र ‘लगे रहो मुन्नाभाइ’लाई कमैले बिर्सेलान् । यो जोडी फेरी मुन्नभाइकै नयाँ सिरिजमा देखिने भएको छ ।

संजय र अरशदको ‘मुन्नाभाइ–३’ आउने भएको छ । यो फिल्मको धेरै समयदेखि चर्चा हुँदै आएको छ ।

यसको सुटिङ गत वर्ष नै गर्ने तयारी गरिएको थियो । तर, सुटिङ शुरु हुनै लाग्दा संजय दत्त जेल परे । जसले गर्दा काम शुरु हुन सकेको थिएन् ।

निर्देशक राजकुमार हिरानीले यसका काम भइरहेको जनाएका थिए । उनी स्क्रिप्टमा व्यस्त थिए । उनले यो फिल्म छोडेर संजय दत्तको ‘बायोपिक’को काम शुरु गरेका थिए । जुन ‘सञ्जु’ फिल्मका रुपमा हिट भइसकेको छ ।

अब यो वर्ष ‘मुन्नाभाइ–३’को सुटिङ शुरु हुने भएको छ । यो फिल्ममा पनि सर्किटको भूमिकामा अरशद वारसी नै देखिने छन् ।

अहिले आफ्नो फिल्म ‘फ्राड सैंया’को प्रमोसनमा व्यस्त रहेका वारसीले यसको स्क्रिप्ट तयार भइसकेको र छिट्टै सुटिङ शुरु हुने बताए । अहिलेसम्म संजय दत्त र अरशद वारसीले खेल्ने पक्का भएको छ । अन्य कलाकारको नाम सार्वजनिक गरिएको छैन ।

 

ताजा खबर