अनुपम खेरसहित १४ कलाकारविरुद्ध मुद्दा दर्ता गर्न आदेश

२०७५ पौष २५ बुधबार ११:१४:०० मा प्रकाशित

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको जिवनीमा आधारित फिल्म ‘द एक्सीडेन्टल प्राइममिनिस्टर’का अभिनेता अनुपम खेरसहित १४ कलाकारविरुद्ध मुद्दा दर्ता गर्न अदालतले आदेश दिएको छ ।

फिल्म ‘द एक्सीडेन्टल प्राइममिनिस्टर’को केही दिन अघि ट्रेलर सार्वजनिक भएको थियो । त्यसमा भारतका पूर्वप्रधानमन्त्री डा.सिंह, सोनिया गान्धी र राहुल गान्धीको छपि बराख देखाएको भन्दै अदालतमा निवेदन दिइएको थियो ।

त्यसमाथि सुनुवाइ गर्दै बिहारको एक अदालतले अनुपम खेरसहित १४ जनामाथि मुद्दा प्रक्रिया शुरु गर्न आदेश दिएको हो ।

यो फिल्मविरुद्ध दिल्ली उच्च अदालतमा पनि निवेदन दिइएको थियो । ट्रेलरलाई गुगल, यूट्यूबाट हटाउन समेत माग गरिएको थियो । तर, दिल्ली उच्च अदालतले सो निवेदन खारेज गरेको थियो ।

फिल्मको ट्रेलरमा डा.मनमोहन सिंह प्रधानमन्त्रधी बनेपछिको अवस्थाको उतारचढाव देखाइएको छ ।  डा.सिंहको भूमिका अभिनेता अनुपम खेर देखिएका छन् ।

यसमा अनुपम खेरसहित सुजैन बर्नेट, अर्जुन माथुर, अहाना कुमरा, गुरशरण कौर लगायतको अभियन गरेको छ ।

यस्तो छ फिल्मको ट्रेलर

ताजा खबर