दीपिका र रणवीर एउटै फिल्ममा आउँदै

२०७५ पौष २४ मंगलबार १३:३१:०० मा प्रकाशित

काठमाडौं । बलिउड दम्पत्ती दीपिका पादुकोण र रणवीर सिंह लामो समयदेखि चर्चामा छन् ।

प्रेमसम्बन्ध, बिहे र अनि फिल्मले उनीहरुलाई चर्चामा ल्याइरहेको छ । रणवीर पछिल्लो समय फिल्म ‘सिम्बा’को सफलताले चर्चामा छन् ।

यो जोडीलाई एउटा नयाँ खबरले फेरी चर्चामा ल्याएको छ । दीपिका र रणवीर एकसाथ फिल्ममा देखिने भएका छन् ।

क्रिकेटर कपिल देवको जीवनीमा आधारित फिल्म ‘८३’ बन्दै छ । यहि फिल्ममा देखिने छन, दीपिका र रणवीर । यो फिल्मको प्रिप्रोडक्सनको काम चलिरहेको जनाएको छ ।

यो फिल्मको केही दिनपछि सुटिङ हुने जनाएको छ । जसमा रणवीर कपिल देवको भूमिकामा हुने छन् । अनि दीपिका कपिल देवकी पत्नीको भूमिकामा ।

बिहेपछि यो जोडी पहिलो पटक फिल्ममा पनि जोडीमा देखिने छ ।

ताजा खबर