राकेश रोशनलाई क्यान्सर

२०७५ पौष २४ मंगलबार १३:१०:०० मा प्रकाशित

काठमाडौं । बलिउडका निर्माता एवं निर्देशक राकेश रोशनलाई क्यान्सर भएको छ ।

बलिउड अभिनेता ऋतिक रोशनले आफ्ना बुवा राकेश रोशनलाई क्यान्सर भएको खुलासा गरेका छन् । उनले इन्स्टाग्राममा आफ्ना बुवासँगैको तस्विर सेयर गर्दै क्यान्सर भएको जानकारी दिएका हुन् ।

उनले इन्स्टाग्राममा लेखेका छन, ‘आज बिहानै फोटो खिच्नका लागि (बुवासँग) आग्रह गरेँ । मलाई विश्वसा थिया, आज अप्रेसनको दिन उनी जिम जाने छैनन् । मैले चिनेतका धेरै मान्छेमध्ये सबैभन्दा बलिया मान्छे हुन्, उनी । केही हप्ता अगाडी उनको घाटीको क्यान्सर भएको थाहा भयो । उनी एकदम तयार छन, यो रोगसँग लड्न । म भाग्यशाली छुु, उनीजस्तो अभिभावक पाएको छु । लभ यू ड्याड ।’

राकेश रोशन बलिउडका चर्चित निर्माता तथा निर्देशक हुन । उनले अभिनय गरेका छन, सम्पादन गरेका छन र स्क्रिप्ट लेखेका छन् ।

बलिउडमा क्यान्सरबाट पीडित उनी मात्रै छैनन् । यो वर्ष मात्रै कयौं बलिउड हस्तीहरुले क्यान्सरसँग जुध्नु परेको छ ।

जसमा अभिनेता इरफान खान, अभिनेत्री सोनाली बेन्द्रे, आयुष्मानकी पत्नी ताहिरा छन् । उनीहरु उपचार गरिरहेका छन् । 

पछिल्लो चरणमा क्यान्सर देखिएका राकेश रोशनको पनि उपचार शुरु गरिएको जनाएको छ ।

ताजा खबर