सारा र रणवीरको ‘सिम्बा’ दुई सय करोड नजिक

२०७५ पौष २४ मंगलबार ११:३८:०० मा प्रकाशित

काठमाडौं । सारा अलि खान र रणवीर सिंहको फिल्म ‘सिम्बा’ दुई सय करोड भारतीय रुपैयाँ नजिक पुगेको छ ।

बलिउडमा तहल्लाका मच्चाइरहेको ‘सिम्बा’ तेस्रो हप्ताको शुरुआतमै दुई सय करोड नजिक पुगेको हो ।

बलिउड बक्स अफिसका अनुसार, सोमबारसम्म एकसय ९० करोड कमाएको छ । यो फिल्मले पहिलो दिन नौ करोड भारतीय रुपैयाँ कमाएको थियो । त्यसपछि लगातार कमाइ बढ्दै गएको छ ।

सिम्बाले सोमबार १७ करोड कमाएको थियो । जुन दुई सातामा सबैभन्दा बढी हो ।

अझै पनि फिल्म हलमा सिम्बाको रौनक कम भएको छैन् । समिक्षकबाट समेत प्रसंसा पाएको यो फिल्म दर्शकले पनि मन पराइरहेका छन् ।

यसले दुई सय करोड पुगाए बलिउड नयाँ रेकर्ड बन्ने छ । दुई सय करोड कमाउने बलिउडको १४औं फिल्म बन्ने छ ।

सोमबारसम्म पनि यसले रेकर्ड बनाइसकेको छ । निर्देशक रोहित सेट्टीको सबैभन्दा बढी कमाउने फिल्म बनेको छ ।

ताजा खबर